१३ असार २०८३, शनिबार

जिप दुर्घटनामा १ जनाको मृत्यु, ६ जना घाइते

कात्तिक २०, २०७४
जिप दुर्घटनामा १ जनाको मृत्यु, ६ जना घाइते
सांकेतिक तस्बिर


पाल्पा, १७ असोज–
निस्दी गाउँपालिका–७ ज्यामिरेमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

तानसेनबाट ज्यामिरेतर्फ जाँदै गरेको लु १ ज १८०९ नंको जिप निस्दी–७, ज्यामिरेको सिमलडाँडामा सोमवार साँझ दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।

मृत्यु हुनेमा निस्दी–७ ज्यामिरेका २३ वर्षीय यमबहादुर गाहा रहेका छन् । घाइतेको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

दुर्घटना के कारणले भयो भन्ने बारेमा केही खुल्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्