०२ असार २०८३, मंगलबार

विमानस्थलमा लगेज चोरी बन्द, प्रहरीको क्यामेराले गर्यो कमाल !

कात्तिक २०, २०७४
विमानस्थलमा लगेज चोरी बन्द, प्रहरीको क्यामेराले गर्यो कमाल !

काठमाडौं, १७ असोज– कुनै समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो लगेज चोरी हुन्थ्यो । तर, विगत दुई महिनादेखि लगेज चोरी बन्द भएको छ ।

एक्कासि लगेज चोरी बन्द हुनुमा सुरक्षा व्यवस्थामा ठूलो हेरफेर भएको होइन । चोरीको धेरै गुनासो आएपछि प्रहरीले शरीरमा गोप्रो तथा बडी वन क्यामेरा राखेको विशेष टोली निगरानीमा खटाएको छ । जसले विमानबाट लगेज झारेदेखि अराइभलसम्म पुगुन्जेलको भिडियो खिचेर निगरानी गर्छ । लगेजको चेन फुटाएर चोरी गर्दै गर्दा विमानस्थलका दुई लोडर पक्राउ परेपछि प्रहरीले यस्तो टोली खटाएको हो ।

‘लोडरका रूपमा काम गर्ने दुई कर्मचारीलाई करिब दुई महिनाअघि पक्राउ गरी मुद्दा चलायौँ,’ महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डका प्रमुख डिआइजी पंकज श्रेष्ठले भने, ‘त्यसयता लगेज चोरी ठप्प छ ।’ विमानबाट अराइभल एरियासम्म लगेज ओसार्ने जिम्मेवारी पाएका कर्मचारीहरूले नै यात्रुको लगेज फुटाएर चोरी गर्दै आएको प्रहरीले जनाएको छ ।

लगेजको चेन सजिलै फुटाउन सकिने भएकाले कर्मचारीले लगेज ओसार्ने क्रममै चोरी गर्दै आएका थिए । झोलाको चेन फुटाउने र हात हालेर सामान निकाल्ने गरेको डिआइजी श्रेष्ठले बताए ।

टुटफुट लगेजको पहिल्यै फोटो

कुनै लगेज विदेशबाट आउँदा नै टुटफुट गरिएको पाइएमा प्रहरीले विमानस्थलबाट निकालेलगत्तै फोटो खिच्ने गरेको छ । नयाँ पत्रिकाबाट

salt training

कमेन्ट गर्नुहोस्