
अमेरिकाको आयोवा राज्यको एक हाईस्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
लामो बिदापछि विद्यालय खुलेको पहिलो दिन एक विद्यार्थीले ६ जनामाथि गोली प्रहार गरेको बीबीसीले जनाएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ ।
गोली लागेर मृत्यु भएका विद्यार्थी कक्षा ६ मा अध्ययनरत थिए । प्रहरीका अनुसार गोली चलाउने विद्यार्थी १७ वर्षीय डेलोन बटलर हुन् ।