३० जेठ २०८३, शनिबार

डिजिटल मार्केटिङ विस्तार गर्न नेपाल टेलिकम र एनआईटीभीबीच सम्झौता

पुस २०, २०८०
काठमाडौं
डिजिटल मार्केटिङ विस्तार गर्न नेपाल टेलिकम र एनआईटीभीबीच सम्झौता

नेपाल टेलिकम र एनआईटीभी नेपाल लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।​​

बिहीवार भएको सम्झौता अनुसार एनआईटीभीले नेपाल टेलिकमको बजार व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नेछ ।

दुवै पक्षबीच कम्पनीसँग सम्बन्धित विभिन्न प्रकारका सामाजिक सञ्जाल र अन्य अनलाइन माध्यमको प्रयोग गरिने छ । त्यसका लागि सेवाग्राही समक्ष अन्तरक्रिया गर्ने र गुणस्तरीय सेवा उपलब्ध गराउने कार्यमा सहकार्य गरिने टेलिकमले जनाएको छ ।

पुस १९ गते बिहीवार भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र एनआईटीभी नेपालको तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

यस्तै, आगामी दिनमा कम्पनीका विभिन्न प्रकारका सेवा अझ धेरै सेवाग्राहीसमक्ष जानकारी प्रदान गर्न र थप गुणस्तरीय सेवा पुर्‍याउने कार्यमा डिजिटल मार्केटिङको नयाँ टिमले महत्वपूर्ण नतिजा प्राप्त हुने अपेक्षा गरिएको छ ।

यसबाट सामाजिक सञ्जाल तथा अन्य डिजिटल प्लेटफर्ममार्फत सेवाग्राहीसँग गरिने अन्तरक्रियाले कम्पनीको उद्देश्य प्राप्तिमा समेत मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्