![एमालेको केन्द्रीय सदस्यमा ६ जना मनोनीत [नामसहित]](https://lktcdn2.prixacdn.net/media/uml_2_DOcvqJgJ1T.jpg)
नेकपा (एमाले)को सचिवालय बैठकले ६ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।
प्रदेश अधिवेशन भएपछि जिम्मेवारीबाट बाहिरिएका विभिन्न प्रदेशमा नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
‘प्रदेश अधिवेशनपछि कतिपय प्रदेशका अध्यक्ष जिम्मेवारबाट बाहिरनुभएको छ । उहाँहरूलाई केन्द्रीय समितिमा मनोनयन गरिएको छ,’ शुक्रवार पार्टी कार्यालय च्यासलमा बैठकका निर्णय जानकारी गराउँदै उनले भने ।
पोखरेलका अनुसार कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपने, बागमतीबाट केशवराज पाण्डे, कर्णालीबाट विनोद शाह, सुदूरपश्चिमबाट दामोदर भण्डारी र मधेशबाट राम अवतार यादवलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको एमालेले जनाएको छ ।
त्यस्तै पार्टी काममा रहेको भन्दै झापाका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरिएको जानकारी पोखरेलले दिए ।