१२ साउन २०८३, मंगलबार

अध्यक्ष ढकालको जोड– उद्योगी र प्राधिकरणबीचको विवाद समाधानमा सरकारले पहल गरोस्

पुस २१, २०८०
काठमाडौं
अध्यक्ष ढकालको जोड– उद्योगी र प्राधिकरणबीचको विवाद समाधानमा सरकारले पहल गरोस्

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी–व्यवसायी र विद्युत् प्राधिकरणबीचको समस्या समाधानमा सरकारले विशेष प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

उद्योग वाणिज्य संघ, चितवनको ५७औं वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन समारोहलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो जोड दिएका हुन् ।

उद्योगको विद्युत् उत्पादन, रोजगारी र राजश्वलगायत अन्य थुप्रै विषयसँग सम्बन्धित रहने बताउँदै उनले उद्योगको विद्युत् जोडेर वार्ता शुरू गर्न सरकारलाई आग्रहसमेत गरे ।

अध्यक्ष ढकालले लगानी सम्मेलनको मुखमा उद्योग बन्द गर्दा नकारात्मक सन्देश जाने बताउँदै यसको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय आयोग अथवा संयन्त्र जरुरी हुने बताए ।

उनले अर्थतन्त्र सुधारको लागि सबै व्यवसायी सकारात्मक सोचका साथ लाग्न जरुरी रहेको पनि उल्लेख गरे ।

अहिले अर्थतन्त्रमा देखिएका समस्या सहज भएपछि छोटो समयमा फड्को मार्न सक्नेगरी काम गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ छ । 

सरकार र निजी क्षेत्रबीच सहकार्य र एकताले मात्र अर्थतन्त्रलाइ पुरानो लयमा लैजान सकिने बताउँदै उनले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन निजी क्षेत्र र सरकारबीच वास्तविक सहकार्य हुनुपर्ने उनले जोड दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्