२४ असार २०८३, बुधबार

सत्ता गठबन्धनको बैठकपछि पनि शीर्ष नेताहरू आन्तरिक छलफलमा

पुस २१, २०८०
काठमाडौं
सत्ता गठबन्धनको बैठकपछि पनि शीर्ष नेताहरू आन्तरिक छलफलमा

राष्ट्रियसभा निर्वाचनमा सिट भागबण्डाको विषयमा सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठकपछि पनि शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । 

गठबन्धन दलका घटक दलबाट माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका केही नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । 

आन्तरिक छलफलबाट सिट भागबण्डामा सहमति जुटाएर गठबन्धनको अर्को बैठकमा पेश हुने बताइएको छ । 

गठबन्धनको अर्को बैठक आइतबार बस्ने भएपनि समय तय भइसकेको छैन । सत्ता गठबन्धनको शनिबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो लगत्तै शीर्ष नेताहरुको बैठक पनि बसिरहेको हो।  

salt training

कमेन्ट गर्नुहोस्