०८ असार २०८३, सोमबार

हनीप्रीत भन्छिन्, राम रहीमसँगको मेरो सम्बन्धका बारेमा गलत कुरा लेखियो

कात्तिक २०, २०७४
हनीप्रीत भन्छिन्, राम रहीमसँगको मेरो सम्बन्धका बारेमा गलत कुरा लेखियो

काठमाडौं, १७ असोज — साध्वी बलात्कार अभियोगमा कारावास सजाय भोगिरहेका राम रहीमकी प्रियपात्र हनीप्रीत भारतीय टीभी च्यानल आजतकको सम्पर्कमा आएकी छन् ।


प्रहरीले धुइँधुइँती खोजिरहेको हनीप्रीतलाई आजतकका संवाददाता सतेन्दर चौहानले भेटेर कुराकानी गरेका छन् ।
हनप्रीतले भनिन्, ‘बुवा र छोरीको पवित्र सम्बन्धलाई किन सनसनीखेज बनाइएको हो ? बुवा र छोरीको सम्बन्धलाई पूरै ध्वस्त पारियो ।’

उनको अन्तर्वार्तामा उनले भनेका अन्य केही अंश यस्ता छन् :

एक बुवाले आफ्नी छोरीको शिरमा हात राख्न पाउँदैन ? एक छोरीले आफ्नो बुवालाई माया गर्न पाउँदिनन् ?
मलाई देशद्रोही भनियो । यो गलत आरोप हो । एक छोरी आफ्नो बुवासँग अदालत गइन् । अनुमतिविना यो सम्भव छैन ।

जुन केटीले आफ्नो बुवासँग देशभक्तिको कुरा गर्थिन्, ती बुवा अहिले जेल गएका छन् । त्यस्ता पिताकी छोरीमाथि देशद्रोहको आरोप लगाइयो । मलाई कानूनी प्रक्रियाका बारेमा थाहा थिएन ।

पापा जेल जानुभएपछि म बेसहारा भएँ । मलाई मानिसहरूले जसरी गाइड गरे, मैले त्यसै गरें । म हरियाणा पञ्जाब उच्च अदालत जान्छु । मानसिक स्थिति सम्हालिन केही समय लाग्छ ।

मलाई र मेरा पापालाई न्यायमाथि पूर्ण भरोसा छ । मलाई न्याय पाउँछु भन्ने पूरा विश्वास छ ।

यो लिंकमा क्लिक गरेर भिडियो हेर्नुस् ।


salt training

कमेन्ट गर्नुहोस्