०८ साउन २०८३, शुक्रबार

राम मन्दिरका लागि महाराष्ट्र शिव सेनाका नेताहरूले दिए ११ करोड

पुस २२, २०८०
काठमाडौं
राम मन्दिरका लागि महाराष्ट्र शिव सेनाका नेताहरूले दिए ११ करोड

अयाेध्या– महाराष्ट्र शिव सेना (एकनाथ शिन्दे गुट)का नेताहरू उदय सामन्त र सांसद श्रीकान्त शिन्देले शनिवार राम मन्दिरका लागि ११ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

महाराष्ट्र र शिव सेनाका जनताको तर्फबाट महाराष्ट्रका मुख्यमन्त्री तथा शिवसेना नेता एकनाथ शिन्देले राम मन्दिरका लागि १८ करोड रुपैयाँ प्रदान गरेका छन् । ‘हामी चेक हस्तान्तरण गर्न आएका छौं,’ राज्यमन्त्री उदय सामन्तले शनिवार भने ।  सो अवसरमा उनले श्री रामजन्मभूमि तीर्थ क्षेत्रका महासचिव चम्पत राईले चेक प्राप्त गर्नु खुसीको कुरा भएको उल्लेख गरे । 

‘यो खुसीको कुरा हो कि महाराष्ट्रका मन्त्री उदय सामन्त र शिवसेना (एकनाथ शिन्दे गुट)का सांसद् श्रीकान्त शिन्दे महाराष्ट्रका जनताको तर्फबाट ११ करोड रुपैयाँको चेक हस्तान्तरण गर्न आउनु भएको छ । सो रकम बैंकमा जम्मा गरिने छ,’ उनले भने ।

यसैबीच, महाराष्ट्रका पूर्वमुख्यमन्त्री र शिवसेना युबीटी प्रमुख उद्धव ठाकरेले आफ्नो पार्टीले जनवरी २२ मा राम मन्दिरको अभिषेक दिवसमा महाराष्ट्रको नासिक गोदावरी नदीको किनारमा (महाआरती) गर्ने बताएका छन् ।

अयोध्यामा रामलल्ला (शिशु भगवान् राम)को प्राण–प्रतिष्ठा (अभिषेक) समारोहका लागि वैदिक अनुष्ठान मूल समारोहको एक हप्ता अघिदेखि सक्रिय रहने छ । 

लामो  समयदेखि विवादित रहेको भगवान् रामको मन्दिर निर्माणले यहाँ पछिल्लो समय पूर्णता पाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्