०८ साउन २०८३, शुक्रबार

राष्ट्रिय सभाका उम्मेदवार टुंग्याउन माओवादीको पदाधिकारी बैठक बस्दै

पुस २२, २०८०
काठमाडौं
राष्ट्रिय सभाका उम्मेदवार टुंग्याउन माओवादीको पदाधिकारी बैठक बस्दै

राष्ट्रिय सभा सदस्यको उम्मेवदार टुंग्याउन सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठकले दलहरूले पाउने सीट संख्या टुंग्याएपछि पदाधिकारी बैठक बस्ने जानकारी नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

‘सत्ता गठबन्धन राष्ट्रिय सभाको सीट बाँडफाँडको अन्तिम तयारीमा छ । यो बैठकलगत्तै बालुवाटारमै माओवादीको पदाधिकारी बैठक बस्दैछ । बैठकले हामीले पाउने सीटमा उम्मेदवार तय गर्नेछ,' उनले भने ।

सत्तारुढ दलको भागबन्डामा माओवादीले ६ सीट पाउने देखिएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भोलि सातवटै प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्