२३ असार २०८३, मंगलबार

त्रिभुवन विमानस्थलबाट १ किलो ३०० ग्राम सुन बरामद

पुस २२, २०८०
काठमाडौं
त्रिभुवन विमानस्थलबाट १ किलो ३०० ग्राम सुन बरामद

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ ।

शनिवार फ्लाई दुबईबाट आएकी एकजना यात्रुको साथमा उक्त परिमाणको सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले लोकान्तरलाई जानकारी दिए ।

पक्राउ पर्नेमा श्रीलंकन नागरिक कन्थीमाथी काभास्कार रहेकाे पाइएको छ । ती श्रीलंकन महिला दुबईबाट सुन लिएर राति १२ः५ बजे विमानस्थल आइपुगेको र १ बजे पक्राउ परेको डीआईजी ठकुरीले बताए ।

ती महिलाले सुन आफ्ना भित्री बस्त्रमा लुकाएर ल्याएको पाइएको छ । राहदानी नम्बर ८१५१३८५ भएकी ती महिलाले लगाएको ब्राभित्र प्लाष्टिकले बेरेको अर्धठोस सुन दुई पोका तौल ५०० ग्राम तथा लगाएको कट्टुभित्र ८०० ग्राम सुन गरी कुल १ किलो ३०० ग्राम सुन बरामद गरिएको हो । 

घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्