०४ साउन २०८३, सोमबार

वर्षौपछि स्टेजमा फर्किएका ‘धुर्मुस–सुन्तली’लाई मेला महोत्सवको ओइरो

पुस २२, २०८०
काठमाडौं
वर्षौपछि स्टेजमा फर्किएका ‘धुर्मुस–सुन्तली’लाई मेला महोत्सवको ओइरो

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् ।

अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति दिँदै यो जोडी वर्षौपछि स्टेज शोमा फर्किएको थियो । त्यसपछि धादिङको धार्केमा आयोजित महोत्सवमा पुगेर प्रस्तुति दिएको जोडीलाई देशका विभिन्न जिल्लामा भइरहेका मेला महोत्सवबाट अफरको ओइरो लागेको छ । 

थुप्रै महोत्सवमा आफूहरूको प्रस्तुति तय भइसकेको धुर्मुसले जानकारी दिए । 

पुस २९ गते उनीहरूले ‘सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टिकापुर महोत्सव’ कैलालीमा प्रस्तुति दिँदैछन् । 

माघ १ गते ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ कैलाली अत्तरियामा प्रस्तुति दिनेछन् । त्यस्तै, माघ ३ गते कैलालीकै बाँसगढीमा आयोजित महोत्सवमा यो जोडीको प्रस्तुति रहनेछ । माघ ५ गते ‘बर्दिया राजापुर महोत्सव’मा पुग्ने उनीहरूले ६ गते ‘राप्ती लुम्बिनी प्रादेशिक कृषि तथा पर्यटन महोत्सव’ दाङको भालुवाङमा पुगेर प्रस्तुति दिनेछन् । 

माघको ८ गते ‘आरुघाट महोत्सव’ गोरखामा यो जोडीको प्रस्तुति रहनेछ । अरू थुप्रै मेला महोत्सवका लागि कुरा भइरहेको उनीहरूले जनाएका छन् । 

महोत्सवमा उनीहरू दुबैजना धुर्मुस र सुन्तलीको क्यारेक्टर पोसाकमा प्रस्तुत हुने गरेका छन् । वर्षौपछि स्टेजमा फर्किएका उनीहरूलाई देख्न र प्रस्तुति हेर्न पोखरा र धादिङको महोत्सवमा दर्शकहरुको बाक्लो भीड लागेको थियो ।

उनीहरूले अब स्टेज कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् । २०७२ सालपछि यो जोडी बस्ती निर्माण, वीर अस्पतालमा रंगरोगन तथा रंगशाला निर्माण लगायतका सामाजिक काममा सक्रिय रहेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्