
नेपाली सेनाले गोरखा-काठमाडौं पदयात्रा शुरू गरेको छ ।
३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस - २०८० अन्तर्गत आइतवारबाट गोरखा-काठमाडौं पदयात्रा थालनी भएको सेनाले जनाएको छ ।
सेनाका अनुसार राष्ट्रिय एकीकरण अभियानका बेला नेपाली फौजले प्रयोग गरेको बाटो हुँदै यात्रा अघि बढ्ने छ ।


