२५ असार २०८३, बिहीबार

चन्द्रागिरिकी असिस्टेन्ट सव-इन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस २२, २०८०
काठमाडौं
चन्द्रागिरिकी असिस्टेन्ट सव-इन्जिनियर पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंकाे चन्द्रागिरि नगरपालिका - १४ नयाँ नैकापमा कार्यरत असिस्टेन्ट सव-इन्जिनियर विजयालक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार उनीविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

भवन निर्माण सम्पन्नको प्रमाण-पत्र दिने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।

आयोगको टोलीले पन्तलाई सेवाग्राहीबाट लिएको २५ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा पन्तले सेवाग्राहीसँग भवन निर्माण सम्पन्न प्रमाणपत्र दिनको लागि घुस लिएको पुष्टि भएको आयोगका सहायक प्रवक्ता  थपलियाले जानकारी दिएका छन् ।

आयोगले उनलाई कैद र जरिवाना दुवै सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्