०९ साउन २०८३, शनिबार

राष्ट्रिय सभामा शेखर-गगनको अडान : १० मा ४ ​​​

पुस २२, २०८०
काठमाडौं
राष्ट्रिय सभामा शेखर-गगनको अडान : १० मा ४ ​​​
फाइल फोटो

कांग्रेसको डा. शेखर कोइराला पक्षले राष्ट्रिय सभाका १० सिटमा ४ सदस्य आफ्नो समूहले पाउनुपर्ने निर्णय गरेको छ । 

सभापति शेरबहादुर देउवासँगको छलफलमा भागबन्डा नमिलेपछि समूहको छुट्टै छलफल गरी इतर पक्षले ४ सदस्य मागेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । 

‘हाम्रो तर्फबाट शेखर दाइ र गगनजी सभापतिसँग छलफलको लागि जानुभएको थियो । सभापतिले ३ सदस्यमात्रै दिन सकिने बताएपछि हाम्रो समूहको असन्तुष्टि रह्यो’, पाण्डेले लोकान्तरसँग भने, ‘यसपछि हामीले छुट्टै बैठक गरी १० मा ४ सदस्य हामीले पाउनुपर्ने अडान राख्ने निर्णय गरेका छौं ।’

अब केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यही अडान राख्ने उनले जानकारी दिए । 

४ बजेलाई सारिएको बैठक ५ बज्दासम्म बस्न सकेको छैन । 

संस्थापनले आफू निकटका नेतालाई धेरै मिल्ने गरी गठबन्धनमा क्लस्टर छुट्याएको आरोप पनि शेखर पक्षको छ ।

salt training

कमेन्ट गर्नुहोस्