०२ साउन २०८३, शनिबार

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

पुस २२, २०८०
विराटनगर
कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला नियुक्त

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त भएका छन् । 

मुख्यमन्त्री केदार कार्कीको सिफारिशमा प्रदेशप्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा, १६० को उपधारा (२) बमोजिम विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेशप्रमुखको कार्यालयमा आज  आयोजित एक समारोहमा नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनीयताको शपथ गराएका थिए । 

त्यस अवसरमा प्रदेशप्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशका मन्त्री तथा प्रदेश मन्त्रालय र निकायका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्