०४ साउन २०८३, सोमबार

मेरो टिकट दिउँसै सर्वसम्मतिले टुंगिएको होः सिटौला

पुस २२, २०८०
काठमाडौं
मेरो टिकट दिउँसै सर्वसम्मतिले टुंगिएको होः सिटौला

कांग्रेस नेता कृष्ण सिटौलाले राष्ट्रिय सभामा आफूले पार्टीबाट सर्वसम्मतिले टिकट पाएको बताएका छन् । कोशी प्रदेश सिटमा टिकट पाएका उनले आफ्नो टिकट आइतबार दिउँसै सर्वसम्मतिले टुंगो लागेको बताएका हुन् । 

टिकट टुंगिएसँगै आफू गाडीमै विराटनगर हिँडेको पनि सिटौलाले बताए । 'मेरो टिकट दिउसै सर्वसम्मतिमा टुंगिएको हो । साँझको फ्लाइटबाट विराटनगर जाने तयारी थियो तर फ्लाइट क्यान्सिल भयो । गाडीबाट विराटनगर जाँदैछु', उनले भने । 

कमेन्ट गर्नुहोस्