२४ असार २०८३, बुधबार

खड्काको शतकमा बैतडी  फाइनलमा, उपाधिका लागि कैलालीसँग भिड्ने

पुस २२, २०८०
कैलाली
खड्काको शतकमा बैतडी  फाइनलमा, उपाधिका लागि कैलालीसँग भिड्ने

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको फाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ ।

समूह  चरणका खेल सम्पन्न भएसँगै फाइनल पुग्ने खेलको टुङ्गो लागेको हो ।  समान तीन खेल जितेको बैतडी अङ्कतालिकाको शीर्ष  र कैलाली दोस्रो स्थानमा रहँदै फाइनल पुगेका छन् । आज सम्पन्न खेलमा  बैतडीलाई १० रनले हराउँदै  कैलाली फाइनलमा प्रवेश गरेको हो । यसअघि  समान तीन खेल जितेको कञ्चनपुर भने नेट रन रेटमा पछि रहँदै फाइनल होडबाट बाहिरिएको स्कोरर नरेन्द्रप्रसाद भट्टले जानकारी दिए । 
जितका लागि पाएको दुई सय एक रनको लक्ष्य पछ्याएको बैतडीले ३० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९० रन मात्रै बनाउन सक्यो । जसमा ओपनर खडक बोहराले शतकीय पारी खेले । उनले ७९ बलको सामना गर्दै १२ चौका र दुई छक्काको मद्दतमा एक सय १० रन जोडे । जारी प्रतियोगितामा खडक शतक हिर्काउने पहिलो खेलाडीसमेत बने । कैलालीका लागि शेर मल्लले चार र कप्तान नारायण जोशीले दुई विकेट हात पारे । 

यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि सुरु हुने  भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरु हुँदा ३० ओभरमा झारिएको थियो ।
टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले निर्धारित ३० ओभरमा ६ विकेटको क्षतिमा दुई सय रन बनायो । उसका अभिषेक पालले ६३ र आयुब चन्दले अविजित ५३ रनको योगदान गरे ।  बैतडीका खडक बोहराले तीन विकेट झारे । खडक खेलको ‘म्यान अफ द म्याच’  घोषित भए ।   

अब बैतडी र कैलालीबीचको फाइनल खेल मङ्गलबार हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्