०९ साउन २०८३, शनिबार

बागमती सरकारद्वारा सात कार्यविधि स्वीकृत

पुस २२, २०८०
मकवानपुर
बागमती सरकारद्वारा सात कार्यविधि स्वीकृत

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आजको बैठकले सातवटा कार्यविधि स्वीकृत गरेको छ ।

मुख्यमन्त्री शालिकराम जमट्टेलको अध्यक्षतामा भएको बैठकले चेतनामूलक प्रचार सामग्री निर्माण, प्रसारण तथा वितरण कार्यविधि, मौलिक चलचित्र निर्माण तथा प्रवद्र्धनमा सहयोग कार्यक्रम सञ्चालन कार्यविधि, द्वन्द्वपीडितका लागि सबलीकरण कार्यविधि,कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक वडा एक कृषि पशुपन्छी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वय कार्यविधि र  एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) कार्यविधि स्वीकृत गरेको  हो ।

त्यसैगरी बैठकले गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवासम्बन्धी कार्यविधि तथा दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्