०९ साउन २०८३, शनिबार

इन्डोनेसियाको कारागारबाट ५३ जना बन्दी भागे

पुस २२, २०८०
काठमाडौं
इन्डोनेसियाको कारागारबाट ५३ जना बन्दी भागे

इन्डोनेसियाको कारागारबाट ५३ जना बन्दी भागेका छन् ।
पूर्वी इन्डोनेसियाको दक्षिणपश्चिम पपुवा प्रान्तको सोरोङमा स्थानीय समय अनुसार बिहान करिब ११ बजे  कारागारबाट ५३ जना कैदी भागेको अधिकारीहरूले बताएका छन्। 

 फरार कैदीहरूलाई पुन: पक्राउ गर्न प्रहरीले सोरोङ शहर बाहिरको नाका बन्द गरेको छ। "हामीले भागेका कैदीहरूको तथ्याङ्क सङ्कलन गर्दै सोरोङ शहर, बन्दरगाह र विमानस्थल बाहिरका सडकहरूका नाका पनि बन्द गरेका छौँ," एक अधिकारीले भने । 
 भागेका कैदीहरू सामान्य अपराध र लागुऔषध मुद्दामा संलग्न रहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्