१५ असार २०८३, सोमबार

विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्विरोध निर्वाचित

पुस २३, २०८०
काठमाडौं
विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्विरोध निर्वाचित

नेपाल विज्ञापन संघको अध्यक्षमा सुदिप थापा निर्विरोध निर्वाचित भएका छन् । थापाको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । उनीहरूको कार्यकाल तीन वर्षको हुनेछ । 

कोषध्यक्षबाहेक अरु सबै निर्विरोध निर्वाचित भएका छन् । संघको प्रथम उपाध्यक्षमा उजय शाक्य र द्वीतीय उपाध्यक्षमा पंकजलाल प्रधान निर्विरोध निर्वाचित भएका छन् ।

महासचिवमा कृष्णप्रसाद घिमिरे र कोषाध्यक्षमा साजन श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा सन्तोष खड्का निर्विरोध निर्वाचित भएका छन् ।

यी हुन् निर्वाचित पदाधिकारी

१.अध्यक्ष: सुदिप थापा 
२.प्रथम उपाध्यक्ष: उजय शाक्य
३ द्वितीय उपाध्यक्ष: पकजलाल प्रधान
४.महासचिव: कृष्णप्रसाद घिमिरे
५.कोषाध्यक्ष: साजन श्रेष्ठ
६.सचिव: सन्तोष खड्का

सदस्यहरू
७.अरुणकाजी स्थापित
८.रोशन रेग्मि, आरसि
९.सन्तोष सिलवाल गिरी
१०.दिपेन्द्र पौडेल
११.विधान राजभण्डारी
१२.रोशन पौडेल
१३.मनिस अधिकारी
१४.प्रभात रिमाल
 

salt training

कमेन्ट गर्नुहोस्