१३ असार २०८३, शनिबार

कंगनाले मलाई जथाभावी इमेल पठाइन् : हृत्तिक रोशन

कात्तिक २०, २०७४
कंगनाले मलाई जथाभावी इमेल पठाइन् : हृत्तिक रोशन

काठमाडौं, १७ असोज — कंगना रनावत र हृत्तिक रोशनबीचको झगडा झनै चर्किएर गएको छ ।


रिपब्लिक टीभीले प्रसारण गरेको एक रिपोर्टअनुसार, हृत्तिक रोशनले कंगनामाथि आफूलाई पछ्याएको र उनको नम्बरबाट अश्लील सन्देश आएको बताए ।

यससँगै हृत्तिक र कंगनाले पुरानो मुद्दालाई फेरि ब्युँताएका छन् । उनीहरूले एकअर्कालाई पठाएका पत्र पनि सार्वजनिक भएका छन् ।

एउटा कथित पत्रमा उल्लेख भएअनुसार, हृत्तिकले कंगनासँग इमेल वार्ता गरेको नभई कंगनाले हृत्तिक हुँ भनी बहाना गर्ने व्यक्तिसँग इमेलमा कुराकानी गरेकी हुन् । हृत्तिकलाई चाहिँ यसको बारेमा केही थाहा थिएन र उनले कंगनासँग व्यावसायिक सम्बन्ध मात्र राखिरहे ।

रिपोर्टले दाबी गरेअनुसार, हृत्तिक हुँ भन्नेले कंगनासँग नियमित वार्ता मात्र गरेन, उनलाई आफ्नो तस्वीर र भिडियो पनि लिन लगायो ।

पछि त्यो व्यक्तिले कंगनाको अकाउन्ट पनि ह्याक ग–यो ।

अहिले आएर कंगनाका वकिलले यो रिपोर्टको बारेमा स्पष्टीकरण दिएका छन् । उनका अनुसार, झुटो व्यक्तिसम्बन्धी मुद्दा बन्द भइसकेको छ र हृत्तिकले अब कंगनाको प्रश्नको सही उत्तर दिएर आफ्नो छवि सुधार्नुपर्छ ।

दी इन्डियन एक्सप्रेसबाट

salt training

कमेन्ट गर्नुहोस्