०३ असार २०८३, बुधबार

राष्ट्रिय सभाका अध्यक्ष र आयरल्यान्डको माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता

पुस २३, २०८०
काठमाडौं
राष्ट्रिय सभाका अध्यक्ष र आयरल्यान्डको माथिल्लो सभाका अध्यक्षबीच भेटवार्ता

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष  जेरी बट्टिमरबीच आज भेटवार्ता भएको छ ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा अध्यक्ष तिमिल्सिनाले युरोपियन युनियनले नेपालमाथि लगाएको हवाई प्रतिबन्ध खुला गरिदिन आग्रह गरेका थिए ।

जवाफमा उनले आयरल्याण्ड ईयूको सक्रिय सदस्य भएकाले नेपाली विमानमाथि युरोपेली आकाशमा लागेको प्रतिबन्ध हटाउन सकारात्मक पहल र परिणाम आउनेमा विश्वस्त व्यक्त गरेका थिए ।  हवाई प्रतिबन्धका कारण नेपालको अर्थतन्त्र र पर्यटनमा नकारात्मक असर परेको उनको भनाइ थियो ।

उनले आयरल्यान्डमा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति बढाउन आग्रह गर्दै त्यसबाट उत्पादित दक्ष जनशक्तिलाई नेपालको विकास र समृद्धिमा लगाउन सकिने समेत उल्लेख गरे ।

भेटवार्ताका क्रममा आयरल्यान्डका माथिल्लो  सदनका अध्यक्ष बट्टिमरले आफू नेपाल भ्रमणबाट फर्केपछि हवाई प्रतिबन्ध हटाउने विषयमा संवाद र छलफल अगाडि बढाउनेमा विश्वास दिलाएका अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्