०३ साउन २०८३, आइतबार

निगमको जहाजमा समस्या, वैकल्पिक व्यवस्था गरेर पठाइँदै

पुस २३, २०८०
काठमाडौं
निगमको जहाजमा समस्या, वैकल्पिक व्यवस्था गरेर पठाइँदै
फाइल फोटो

काठमाडौंबाट बैंकक जान लागेको नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाजमा प्राविधिक समस्या देखिएको छ ।

साेमवार दिउँसो बोर्डिङ पास पूरा भइसकेको अवस्थामा हाइड्रोलिकमा समस्या आएपछि अहिले परीक्षण भइरहेको छ ।

‘प्राविधिक समस्या देखिएकाे छ, एक/डेढ घन्टा अझै लाग्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने ।

उडान नम्बर आरए ४०१ रहेको यो जहाजबाट १५० यात्रु थाइल्याण्ड जान टिकट काटेका थिए ।

जहाजको समस्या समाधान नभए अर्को विकल्पमा यात्रुलाई उडान व्यवस्थापन गर्ने तयारी भइरहेको निगमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्