
राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशित हुँदैछ । उजुरीको जाँचबुझ सकेर आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।
यसअघि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध दाबीविरोधको समय दिइएको थियो ।
निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन हुँदैछ ।
माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।