
बर्दियामा भएको आगलागीको घटनामा एक ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ । बुधबार दिउँसो राजापुर नगरपालिका ५ झप्टी बस्ने सोहनी थारु सुत्ने कोठामा बालिएको आगो ओछ्यानमा सल्किँदा जलेर उनको मृत्यु भएको हो ।
चिसोबाट बच्नको लागि आगो बालिएकोमा महिलाले ओढेको ब्लाङकेट आगोमा परेको खुल्न आएको प्रहरीले जनाएको छ । ब्लाङकेटबाट लागेको आगोले महिला जलि घाइते भएकामा उपचारको क्रममा नेपालगंजस्थित कान्ति आरोग्य अस्पतालमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।