२५ असार २०८३, बिहीबार

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा

पुस २६, २०८०
काठमाडौं
रियल मड्रिड स्पेनिस सुपर कपको फाइनलमा

रियल मड्रिड स्पेनिस सुपर कपको फाइनल प्रवेश गरको छ । गएराति एट्लेटीको मड्रिडलाई ५–३ ले पराजित गर्दै रियल फाइल पुगेको हो ।

निर्धारित समयको खेल ३–३ को बराबरी टुंगिएपछि थप समयमा रियलको‌ खातामा २ गोल थपिएको थियो। दुवै टोलीबाट समान १ आत्मघाती गोल भएको थियो।

एन्टोनिओ रुडिगर, फेर्लान्ड मेन्डी, डानी कार्भाजाल र ब्राहिम डियाजले रियलका लागि समान १ गोल गरेका थिए । एट्लेटिकोका लागि मारिओ हेर्मोसो र एन्टोनिइ ग्रिजम्यानले गोल गरे ।  एट्लेटिकोका स्टेफन सभिच र रियलका रुडिगरले आत्मघाती गोल गरेका थिए ।

दोस्रो सेमिफाइनलमा बिहीबार बार्सिलोना र ओसासुना भिड्ने छन् । फाइनल आइतबार हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्