काठमाडौं १७ असोज– नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल गर्ने लगायत ६ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा जारी कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रमा चुनावमा एउटै घोषणा पत्र बनाउने, चुनाव पछि पार्टी एकीकरण गर्ने लगायत छन् ।