१० साउन २०८३, आइतबार

एनएमबि बैंकको २८ औं वार्षिक साधारणसभा सम्पन्न

पुस २६, २०८०
काठमाडौं
एनएमबि बैंकको २८ औं वार्षिक साधारणसभा सम्पन्न

एनएमबि बैंकको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा बिहीवार काठमाडौंको राष्ट्रिय सभागृहमा उक्त साधारणसभा सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा भएको उक्त साधारणसभामा बैंकका शेयरधनीहरूले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

उक्त साधारणसभामा संस्थापक शेयरधनीहरूको तर्फबाट मनोजकुमार गोयल र जीवनकुमार कटवाल निर्वाचित भएका छन् ।

null

यसैगरी, सर्वसाधारण शेयरधनीहरूको समूहबाट उत्तम भ्लोन, शिरिषकुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । 
एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दी प्रकाशलाई मनोनित गरिएको पनि सभामा जानकारी गराइएको थियो ।

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा ३ अर्ब २२ करोड, निक्षेप २१३.०४ अर्ब र कर्जा १९७.४७ अर्ब रुपैयाँ रहेको कार्यक्रममा जानकारी दिइयो । 

बैंकले हाल देशभरि २०१ शखा, १७१ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्