२४ जेठ २०८३, आइतबार

पाँचथरमा धारिलो प्रहार गरी श्रीमान्‌ले गरे श्रीमतीको हत्या, छुट्याउन गएका २ जना घाइते

पुस २६, २०८०
काठमाडौं
पाँचथरमा धारिलो प्रहार गरी श्रीमान्‌ले गरे श्रीमतीको हत्या, छुट्याउन गएका २ जना घाइते

पाँचथरको मिक्लाजुङमा श्रीमान्‌ले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेका असफल कुरुम्बाङले बिहीवार साँझ श्रीमती गोमा फियाकको हत्या गरेका हुन् ।

श्रीमान्–श्रीमतीको विवादका क्रममा कुरुम्बाङले गोमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका एक प्रहरी अधिकारीले लोकान्तरलाई जानकारी दिए ।

यस्तै, झगडा छुट्याउन गएका महेन्द्र श्रेष्ठ र कान्छीमाया फियाकलाई पनि कुरुम्बाङले धारिलो प्रहार गरेर घाइते बनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्