
अमेरिकी डलर देखाएर रू पाँच लाख ठगी गरेको अभियोगमा प्रहरी वृत्त कीर्तिपुरको टोलीले सिन्धुपाल्चोक बाह्रविसेका ४३ वर्षीय कुमार तामाङ भन्ने हस्तबहादुर तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
यही पुस ९ गते कीर्तिपुर नगरपालिका–९ चोभार जलविनायक मन्दिरस्थित ललितपुर गोदावरीका ३६ वर्षीय विजय कुँवरलाई अमेरिकन डलर साट्ने भन्दै उनले ५० अमेरिकन डलर देखाएर रू पाँचलाख ठगी गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले पक्राउ गरिएका तामाङले कुँवरलाई आफूले आठ हजार अमेरिकी डलर भेटाएको भनी भ्रममा पारेर पाँच लाख लिएर फरार भएको बताए । पक्राउ परेका निजलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।