०३ साउन २०८३, आइतबार

आजदेखि नेपाल टेलिकमको विन्टर अफर, आकर्षक प्याकेज घोषणा

पुस २७, २०८०
काठमाडौं
आजदेखि नेपाल टेलिकमको विन्टर अफर, आकर्षक प्याकेज घोषणा

नेपाल टेलिकमले यो वर्षको विन्टर अफर २०८० सार्वजनिक गरेको छ । समय समयमा विभिन्न अफरहरू सार्वजनिक गर्दै आइरहेको नेपाल टेलिकमले आज शुक्रवारदेखि लागू हुनेगरी यो वर्षको विन्टर अफर सार्वजनिक गरेको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

टेलिकमले यसअघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको उनको भनाइ छ । जसअनुसार १ दिनको समयावधिका लागि १९ रुपैयाँमा ४०० एमबी र ३३ रुपैयाँमा १२०० एमबी डाटा उपलब्ध हुनेछ । 

यस्तै ७ दिनको समयावधिका लागि १०९ रुपैयाँमा ५ जीबी र २८ दिनका लागि २९८ रुपैयाँमा ७ जीबी डाटा उपलब्ध हुनेछ ।

यसैगरी स्टे कनेक्टेड प्याकअन्तर्गत ५ दिनको समयावधिका लागि १०९ रुपैयाँमा ६ जीबी डाटा तथा १३९ रुपैयाँमा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ प्रवक्ता अधिकारीले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


त्यसैगरी २ घण्टाको समयावधिका लागि ३५ रुपैयाँमा अनलिमिटेड प्याक उपलब्ध हुनेछ ।

यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरू समेत उपलब्ध हुने टेलिकमले जनाएको छ । 

त्यस्तै नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रूपमा उपलब्ध हुने बताइएको छ ।

विन्टर अफरअन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले 1415*1# डायल गर्नुपर्ने छ । 

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्