
भारतले पहिलो टी-२० आई खेलमा अफगानिस्तानलाई ६ विकेटले हराएको छ । १५९ रनको मध्यम विजयी लक्ष्य भारतले १७.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । भारतका शिवम दुबे ६० र रिंकु सिंह १६ रनमा नट आउट रहे ।
यस्तै, शुभमन गिलले २३ र तिलक बर्माले २६ रन बनाए । जितेश शर्मा ३१ रनमा आउट भए ।
अफगानिस्तानका स्पिनर मुजिब उर रहमानले २ विकेट लिए । आजमतुल्लाह ओमरजाइले १ विकेट लिए ।
त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक ४२ रन बनाए । आजमतुल्लाह ओमरजाईले २९ रन बनाए ।
भारतका अक्षर पटेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । शिवम दुबेले १ विकेट लिए । योसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ ।