
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकले राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनउपर निर्णय गर्नुका साथै राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि पनि निर्णय गर्ने छ ।
राजनीतिक समितिको बैठकमा पार्टीको महाधिवेशन आगामी जेठ २८-३० गते धनुषामा गर्ने प्रस्तावबारे समेत आजको बैठकमा निर्णय हुने छ ।