०३ असार २०८३, बुधबार

प्रअलाई नीलकण्ठ नगरपालिकाको निर्देशन- शिक्षकहरूलाई कक्षामा मोबाइल चलाउन नदिनू

पुस २७, २०८०
काठमाडौं
प्रअलाई नीलकण्ठ नगरपालिकाको निर्देशन- शिक्षकहरूलाई कक्षामा मोबाइल चलाउन नदिनू

धादिङको नीलकण्ठ नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरूलाई विद्यालय समयमा मोबाइल फोन चलाउन प्रतिबन्ध लगाएको छ । नगरपालिकाले विद्यालयका नाममा ५ बुँदे निर्देशन जारी गर्दै कक्षाकोठामा मोलाइल प्रयोग नगर्न, गर्नैपरे खाजा खाने समयमा मात्र प्रयोग गर्न र अन्य बेला प्रधानाध्यापकले मोबाइल सुरक्षित राख्न भनेको छ । 

‘खाजा खाने समयबाहेक शिक्षकहरूले कक्षाकोठामा  मोबाइल फोनको प्रयोग गर्न नपाइने, सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको मोबाइल फोन प्रधानाध्यापकले सुरक्षित साथ विद्यालयमा राख्ने प्रबन्ध मिलाउने,’ नगरपालिकाका शिक्षा अधिकृत प्रकाश दत्त भट्टले जारी गरेको सूचनामा भनिएको छ । 

नगरपालिकाले विद्यालय हाताभित्र जंक फुड, सुर्तीजन्य र मदिराजन्य पदार्थ निषेध गर्न निर्देशन दिएको छ ।  

विद्यालय हाताभित्र शिक्षक/विद्यार्थीहरूको समन्वयमा कम्तिमा हप्ताको २ दिन सरसफाइ गर्ने गराउने व्यवस्था मिलाउनसमेत नगरपालिकाले निर्देशन दिएको छ । 

शिक्षक/कर्मचारीहरूले विद्यालय तथा विद्यालयको कामले तालुक कार्यालयहरूमा जाँदा अनिवार्य विद्यालय पोसाक लगाउन निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्