२७ जेठ २०८३, बुधबार

शिक्षा र खेलकुद प्रदेश सरकारको प्राथमिकतामा छन् : मुख्यमन्त्री जम्कट्टेल

पुस २७, २०८०
काठमाडौं
शिक्षा र खेलकुद प्रदेश सरकारको प्राथमिकतामा छन् : मुख्यमन्त्री जम्कट्टेल

​बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शिक्षासँगै  खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताएका छन् ।

आज काभ्रेपलाञ्चोकको बनेपामा जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा समितिको नवनिर्मित भवन उद्घाटन समारोहमा उनले शिक्षासँगै खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका हुन् ।

'खेलकुद र खेलाडी राष्ट्रका गौरव हुन्, यस क्षेत्रको विकासका लागि प्रदेश सरकारले तयार गर्न लागेको शिक्षा नीतिमा त्यससम्बन्धी नीति पनि समावेश गरिनेछ', मुख्यमन्त्री जम्कट्टेलले भने ।

उनले यसअघि खेलकुद मन्त्रालयलाई कम बजेट विनियोजन गरिएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा त्यसमा पुनरावलोकन गरिने बताए । 'अब खेलुकदको विकासका लागि उक्त मन्त्रालयलाई विशेष महत्व दिनेछौं', उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्