११ साउन २०८३, सोमबार

चीनले भन्यो– यमन द्वन्द्व थप बढ्न दिनु हुँदैन

पुस २७, २०८०
काठमाडौं
चीनले भन्यो– यमन द्वन्द्व थप बढ्न दिनु हुँदैन

बेइजिङ– हुथी विद्रोहीको निशानामा अमेरिका र बेलायतले गरेको आक्रमणपछि चीनले यमन द्वन्द्वलाई थप बढ्न नदिन सबै पक्षसँग आह्वान गरेको छ ।

इरान समर्थित हुथी सेनाले हमासप्रति ऐक्यवद्धता जनाउँदै ‘रेड सी’को पानीजहाजमा हप्तौँदेखि गरेको विध्वंसकारी आक्रमणपछि शुक्रवार बिहान अमेरिका र बेलायतले विद्रोहीको कब्जामा रहेको यमनमा हवाई आक्रमण गरेका थिए ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, ‘चीन ‘रेड सी’मा बढ्दो तनावप्रति चिन्तित छ ।’

उनले थपिन्, ‘द्वन्द्व फैलन नदिन हामी सम्बन्धित पक्षलाई शान्त रहन र संयमित हुन आग्रह गर्दछौँ ।’

अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको अभूतपूर्व आक्रमणपछि गाजामा युद्ध भड्किएपछि हुथी विद्रोहीले मुख्य अन्तर्राष्ट्रिय व्यापार मार्गमा रहेका इजरायलसँग सम्बन्धित पानीजहाजमा आक्रमणको सङ्ख्या बढाउँदै लगेको छ ।

बेइजिङले भनेको छ, ‘रेड सी क्षेत्र अन्तर्राष्ट्रिय रसद र ऊर्जा व्यापारका लागि महत्वपूर्ण मार्ग हो भन्ने कुरामा कुनै दुविधा छैन र अन्तर्राष्ट्रिय समुदायको साझा हितअनुरूप  रेड सीको क्षेत्रीय सुरक्षा र स्थिरताको रक्षा गर्न रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्न आवश्यक छ ।’

माओले भनिन्, ‘सम्बन्धित पक्षहरूले अन्तर्राष्ट्रिय समुदायको साझा हितअनुरूप ‘रेड सी’ को क्षेत्रीय सुरक्षा र स्थिरताको रक्षा गर्न रचनात्मक र जिम्मेवार भूमिका निर्वाह गर्न सक्दछन् ।’

उनले थपिन्, ‘चीनले सबै पक्षलाई संयुक्त रूपमा अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षा कायम राख्न र गैर–सैनिक जहाजलाई सताउने काम रोक्न जोगिन आग्रह गरेको छ, किनकि यो विश्वव्यापी अर्थव्यवस्था र व्यापारको लागि हानिकारक छ ।’

यमनको हुथी समूहले शुक्रवार अमेरिका र बेलायतबीच भएको हवाई आक्रमणमा आफ्ना पाँच लडाकू मारिएको र अन्य छ जना घाइते भएको जनाएको छ ।   विद्रोही समूहको नियन्त्रणमा रहेका क्षेत्रमा ७३ स्थानमा हवाई आक्रमण गरिएको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्