१० साउन २०८३, आइतबार

बेल्जियमका प्रधानमन्त्रीसँग सीले भने– चीनले ईयूसँग सम्बन्ध राख्न चाहेको छ

पुस २७, २०८०
काठमाडौं
बेल्जियमका प्रधानमन्त्रीसँग सीले भने– चीनले ईयूसँग सम्बन्ध राख्न चाहेको छ

साङ्घाई–चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुक युरोपसँगको सम्बन्ध सुदृढ गर्न इच्छुक रहेको बताएका छन् । बेइजिङमा बेल्जियमका प्रधानमन्त्री अलेक्जेन्डर डी क्रोसँगको भेटमा उनले सो कुरा बताएका हुन् । 

बिहीवार डी क्रो चीन पुगे र बेइजिङमा बेल्जियमको नयाँ दूतावासको उद्घाटनमा सरिक भए । सोही दिन उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरे । 

‘चीन नयाँ वर्षमा चीन–युरोपेली युनियन (ईयू) सम्बन्धमा निरन्तर प्रगतिलाई प्रवर्द्धन गर्नका लागि ईयूसँग काम गर्न इच्छुक छ,’ सरकारी प्रसारक सीसीभीका अनुसार शुक्रवार बेइजिङमा ग्रेट अल अफ दी पिपुलमा भेट भएपछि सीले डी क्रोसँग भने, ‘अराजक अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दा चीन र युरोपबिच थप पुल बनाउन आवश्यक छ, दुवै पक्षले संयुक्तरूपमा विश्व शान्ति, स्थिरता र समृद्धिलाई प्रवर्द्धन गर्नुपर्छ ।’

बेइजिङ र ईयू प्रमुख व्यापार साझेदार हुन् तर ईयूले हालै प्रविधि र अन्य क्षेत्रमा चीनमाथि निर्भरता कम गर्ने सङ्केत दिएको छ । बेइजिङको सस्तो विद्युतीय सवारीको उत्पादनले युरोपेली प्रतिद्वन्द्वीहरूलाई चिन्तित बनाएको भन्ने आरोपपछि ईयूले घरेलु विद्युतीय सवारी निर्माताहरूका लागि चिनियाँ अनुदानको अनुसन्धान सुरु गरेको छ । बेइजिङले ती आरोपको खण्डन गरेको छ । 

साथै हालैका वर्षमा चीन र पश्चिमबीच बिग्रँदो सम्बन्धहरूले एआई, गलत सूचना र डाटा सुरक्षाले उत्पन सम्भावित कमजोरीमाथि ब्रसेल्समा चिन्ता उत्पन्न गरेको छ । 

डी क्रोले शुक्रवार ट्विट गर्दै भनेका छन्, ‘जलवायु परिवर्तन, नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको बचाउ गर्ने वा भविष्यका महामारीहरू रोक्नेजस्ता हाम्रा साझा चुनौतीहरूका बारेमा छलफल गर्न मैले चिनियाँ प्रधानमन्त्री ली कियाङसँग पनि भेट गरेको थिएँ ।’

उनका अनुसार दुवै नेताले युक्रेनमाथि रुसी आक्रमणबारे पनि कुराकानी भएको छ । युक्रेनमाथि रुसको आक्रमणलाई लिएर बेइजिङले मस्कोको निन्दा गर्न अस्वीकार गर्दा चीन र युरोपबीचको सम्बन्धलाई तनावपूर्ण बनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्