१९ असार २०८३, शुक्रबार

न्यूयोर्क टाइम्सको घुम्नुपर्ने सूचीमा मुस्ताङ समेटियो

पुस २७, २०८०
काठमाडौं
न्यूयोर्क टाइम्सको घुम्नुपर्ने सूचीमा मुस्ताङ समेटियो

 अमेरिकाको चर्चित अखबार ‘द न्यूयोर्क टाइम्स’ ले सन् २०२४ मा विश्वभरका घुम्नुपर्ने गन्तव्यको सूचीमा नेपालको मुस्ताङ समावेश गरेको छ । विश्वभरका ५२ ठाउँको सूची सार्वजनिक गर्दै न्यूयोर्क टाइम्सले मुस्ताङलाई सूचिकृत गरेको हो ।

  न्यूयोर्क टाइम्सले नेपालको हिमाल पारिको जिल्ला भनेर चिनिने पर्यटकीय क्षेत्र मुस्ताङलाई समावेश गरेको छ । उत्तरी क्षेत्रमा अवस्थित प्राचीन हिमाली अधिराज्यका रूपमा रहेको मुस्ताङले शताब्दीदेखि यसको ग्रामीणपन र संस्कृति बचाएर राखेको टाइम्सले उल्लेख गरेको छ ।

यसअघि गत वैशाखमा सिएनएनले पनि घुम्नैपर्ने विश्वका २३ ठाउँको सूचीमा मुस्ताङलाई समेटेको थियो । सिएनएनले मुस्ताङलाई चिनाउँदै पर्वतीय पदयात्राका लागि प्रसिद्ध परौणिककालीन पदमार्ग समेत रहेको उल्लेख गरेको थियो ।

     मुस्ताङ धार्मिक, पुरातात्विक एवं पर्यटकीय गन्तव्य हो । प्रसिद्ध धार्मिक स्थल मक्तिनाथ मुस्ताङको धार्मिक पर्यटक आकर्षण गर्ने धरोहर पनि हो । ऐतिहासिक र पौराणिक लोमन्थाङ अर्को आकर्षण छ ।

salt training

कमेन्ट गर्नुहोस्