
चित्लाङ–थानकोट सडक खण्डमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
थानकोटबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका-४ सेतो पहरा भन्ने स्थानमा दुर्घटना हुँदा अन्य २ जना घाइते भएका थानकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए ।
उनका अनुसार शनिवार दिउँसो भएको दुर्घटनामा काठमाडौं महानगरपालिका ३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीय कल्पना तिवारी, लाजिम्पाट बस्ने ३८ वर्षीय डा. महेशकुमार गौतम (कार चालक) र ४ वर्षका प्रियान्स गौतमको मृत्यु भएको हो ।
घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
६ वर्षीय स्मारिका गौतमको टाउकोमा चोट लागेको छ । उनी बोल्न नसक्ने अवस्थामा रहेकाले थप उपचार लागि काठमाडौं पठाइएको छ ।
सोही गाडीमा सवार घाइते स्मारिकाकी आमा डा. सृष्टि तिवारी गौतम सकुशल रहेको प्रहरीले जनाएको छ ।