१३ असार २०८३, शनिबार

राप्ती बस दुर्घटनामा मृत्यु भएका बाह्रै जनाको सनाखत, घाइतेहरूको उपचार हुँदै

पुस २८, २०८०
बुटवल
राप्ती बस दुर्घटनामा मृत्यु भएका बाह्रै जनाको सनाखत, घाइतेहरूको उपचार हुँदै

दाङको राप्ती नदीमा शुक्रवार राति बस दुर्घटना हुँदा मृत्यु भएका सबैका सनाखत भएको छ । दुर्घटनामा १२ जना यात्रुको निधन भएको थियो ।

नेपालगन्जबाट काठमाण्डौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने १ महिना र ११ पुरुषको सनाखत भएको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार दुर्घटना हुनुको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा बाँके नेपालगन्ज निवासी ६० वर्षीय कुसुम बस्नेत, मकवानपुर हेटौंडा निवासी ३९ वर्षीय सौरव विष्ट, काठमाण्डौं चन्द्रागिरि नगरपालिका–१५ निवासी ६५ वर्षीय ताराकान्त पाण्डे, जुम्ला श्रीढुस्का–९ निवासी ४० वर्षीय मुनबहादुर बस्नेत, बाँके निवासी ३० वर्षीय रामबहादुर हरिजन, रुकुम गोतमकोट निवासी २५ वर्षीय दीपक कामी, भारतको विहार निवासी ६७ वर्षीय योगेन्द्र राम, भारत उत्तरप्रदेश निवासी ३१ वर्षीय अतिकुल्ला खैरे छन् । 

यस्तै, बाँके खजुरा–३ खजुरा निवासी २५ वर्षीय सञ्जय केसी, चितवन भरतपुर महानगरपालिका–२५ निवासी ३५ वर्षीय अनिल खड्का, भारत निवासी ४५ वर्षीय चेतराम शिल्पकार, बाँके खजुरा गाउँपालिका–३ निवासी २८ वर्षीय अर्जुन थापा रहेका छन् । ​​

लमही अस्पतालमा शवको पोष्टमार्टम जारी छ । अहिले सम्म ५ जनाको पोष्टमार्टम गरिएका शंकर श्रेष्ठले जानकारी दिए । बसमा चालकसहित ३७ जना सवार थिए । जस मध्ये २४ जना घाइते छन् । 

महिला ६ र पुरुष १८ जना घाइते छन् । घाइते मध्य चौराहा अस्पिटल बुटवलमा ८, मेडिकल कलेज कोहलपुर बाँकेमा १३ र सिटी अस्पताल बुटवलमा एक, राप्ती पोलिक्लिनिक भालुबांगमा एक, प्रास्तावित भालुवाङ अस्पतालमा एक जना बिरामीको उपचार जारी छ ।

जस मध्य चार जना गम्भीर छन् । ११ जना मध्यम र ९ जना सामान्य छन् । प्रहरीले बस चालक सल्यान त्रिवेणी गाउँपालिका–४ निवासी २८ वर्षीय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्