२२ असार २०८३, सोमबार

ढोरपाटन दुर्घटनाका ३ घाइतेलाई हेलिकप्टरमार्फत पोखरा पठाइयो, ६ जनाको बुर्तिवाङमा उपचार

पुस २८, २०८०
बाग्लुङ
ढोरपाटन दुर्घटनाका ३ घाइतेलाई हेलिकप्टरमार्फत पोखरा पठाइयो, ६ जनाको बुर्तिवाङमा उपचार
फाइल फोटो

बागलुङको ढोरपाटनमा आज बिहान भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाइएको छ ।​

बुर्तिवाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए ।

घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए ।

अन्य छ जना घाइतेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका – ४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीया सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । 

जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

salt training

कमेन्ट गर्नुहोस्