२४ जेठ २०८३, आइतबार

देवनारायणको रिहाईका लागि सिडिओलाई ज्ञापनपत्र

कात्तिक २०, २०७४
देवनारायणको रिहाईका लागि सिडिओलाई ज्ञापनपत्र

इटहरी, १८ असोज– सप्तरी जिल्लाको दक्षिणी क्षेत्रको भारतीय सीमा क्षेत्र कोइलाडी–२ का देवनाराणण यादव, उनका छोरा अजय यादवसहित अर्का एक नेपालीलाई भारतको विहारमा नजरबन्द गरिएकोप्रति सुनसरी बार एसोसिएसनले आपत्ति जनाउँदै बिनासर्त रिहाको कूटनीतिक पहल गर्न आग्रह गरेको छ ।

सुनसरी बार एशोसिएशनले मंगलबार सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीसमक्ष ज्ञापनपत्र बुझाउँदै कपोलकल्पित आरोप लगाएर सीमा सुरक्षाका लागि सक्रिय नेपाली नागरिकलाई विहारको प्रहरीले नियन्त्रणमा लिई नजरबन्दमा राखेर निन्दनीय कार्य गरेकाले ती सबैको तत्काल रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको सुनसरी बारले बताएको छ ।

सीमा क्षेत्रमा इमान्दारितापूर्वक काम गरिरहेका नेपाली नागरिक देवनाराण यादव र उनका छोरा तथा अर्को एक नेपालीलाई अनाहकमा मिथ्या आरोप लगाई नियन्त्रणमा लिने कार्य आफैँमा निन्दनीय र हेपाहा काम भएको पनि सुनसरी बारले उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्