१३ असार २०८३, शनिबार

घाइतेको उपचारमा कमी हुन नदिन मन्त्री केसीको निर्देशन

पुस २८, २०८०
बाँके
घाइतेको उपचारमा कमी हुन नदिन मन्त्री केसीको निर्देशन

लुम्बिनी प्रदेश सरकारका सहरी विकास मन्त्री कृष्णा केसीले गए राति भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन् । 
    
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आज पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन् ।  

आर्थिक अभावकै कारण घाइतेको उपचारमा समस्या आउन नदिन समेत मन्त्री केसी अस्पताल प्रशासनलाई निर्देशन दिइन् । मन्त्री केसीले बस दुर्घटनाबाट आफू मर्माहत भएको भन्दै दुर्घटनामा ज्यान गुमाएकाका परिवारमा शोक व्यक्त गरिन् । 

    शिक्षण अस्पताल कोहलपुरमा उपचारत १३ जना घाइतेमध्ये एक जना डिस्चार्ज भएको अस्पताल प्रशासनले जनाएको छ । हाल उपचारत १२ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्