२२ जेठ २०८३, शुक्रबार

दशैंको बेला होहल्ला गरेको भन्दै १४ जना प्रहरी खोरमा

कात्तिक २०, २०७४
दशैंको बेला होहल्ला गरेको भन्दै १४ जना प्रहरी खोरमा

रसुवा, १८ असोज– गत चार दिनयता मादकपदार्थ सेवन गरी होहल्ला गर्ने केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी सचेत गराएको छ ।

जिल्ला प्रहरी प्रमुख शरदकुमार थापा क्षेत्रीका अनुसार दक्षिणी रसुवाको कालिकास्थानबाट ११ जना र धुन्चेबाट तीनजनालाई मादकपदार्थ सेवन गरेबापत् पक्राउ गरी दशैँको चाडपर्व भएकाले पहिलो पटकलाई सचेत गर्दै रिहा गरिएको छ ।

यस्तै, सार्वजनिक अपराधअन्तर्गत दुईजनालाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढाएको बताउँदै प्रहरी प्रमुख थापा क्षेत्रीले जिल्लाको शान्ति सुरक्षा स्थिर रहेको जानकारी दिनुभयो ।

गाउँ समाजमा सुरक्षाका लागि टोलटोलमा प्रहरी गस्ती बढाइएको पनि बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्