१२ साउन २०८३, मंगलबार

दोर्पाचिउरीडाँडाले जित्यो नेर्पा भुलभुले फूटबलको उपाधि

पुस २९, २०८०
काठमाडौं
दोर्पाचिउरीडाँडाले जित्यो नेर्पा भुलभुले फूटबलको उपाधि

खोटाङ–खोटाङमा आयोजना गरिएको ‘नेर्पा भुलभुले पुरुष फूटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी–६ मा शनिवार सम्पन्न फाइनल खेलमा नेर्पा स्पोर्टस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पाचिउरीडाँडाले उपाधि हात पारेको हो ।

उपाधिसँगै दोर्पाचिउरीडाँडाले रु एक लाख ५० हजार तथा उपविजेता नेर्पा स्पोर्टस क्लबले रु ७५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोर्पाचिउरीडाँडाका लागि दुवै गोल बिजु भुजेलले गरेका थिए । यस्तै नेर्पा स्पोर्टस क्लबका लागि सुरज राईले गोल गरेका थिए । प्रतियोगितामा सेमिफाइनल खेलेका रतन्छा र दोर्पाबुवालुङ टोलीलाई रु २५–२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रतियोगितामा दोर्पाचिउरीडाँडाका बिजु भुजेल सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट प्रशिक्षक दोर्पाचिउरीडाँडाकै दीपेश राई चुनिए । विजेता टोली तथा खेलाडीलाई सांसद रामकुमार राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला फूटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईलगायतले पुरस्कार वितरण गरेका थिए । यही पुस २२ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा १८ टोली सहभागी भएको आयोजक संस्थाले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्