०९ साउन २०८३, शनिबार

सरकार कमजोर हुँदा बाह्य हस्तक्षेप बढ्यो : शंकर पोखरेल

पुस २९, २०८०
बुटवल
सरकार कमजोर हुँदा बाह्य हस्तक्षेप बढ्यो : शंकर पोखरेल

​​​नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप बढेको बताएका छन् ।

दाङको तुलसीपुरमा आइतवार प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पोखरेलले  युद्ध स्थलका रुपमा नेपाल प्रयोग हुने खतरा बढेको टिप्पणी गरे ।

वर्तमान सरकार विकास र समृद्धिका दृष्टिले इतिहासकै असफल भएको पोखरेलले दाबी गरे । 

‘नेपालले निर्माण गर्न सक्ने कम लगानीका आयोजना भारतलाई हस्तान्तरण गरेर देशको हित विपरीत काम भएको छ’, पोखरेलले भने, ‘भारतीय विदेश मन्त्री नेपाल भ्रमणमा रहँदा भएका सहमति मुलुकको हित विपरीत रहेको भन्दै  भारतीय राजदूतावासले २० करोडसम्मको बजेट आफैं खर्च गर्न पाउने भन्ने सहमति मुलुकको हित विपरीत छ ।’

salt training

कमेन्ट गर्नुहोस्