
श्रीलङ्काले विमानस्थल सुरक्षाकर्मीको सङ्ख्या बढाउने तयारी गरेको छ । सुरक्षाकर्मी बढाएर १ हजार ३२५ सम्म पुर्याउने योजना बनाएको बताइएको छ । बन्दरगाह, जहाज र उड्डयन मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै सो बारे जनाकारी गराएको हो ।
बन्दरगाह, पानीजहाज तथा उड्डयन मन्त्री निमल सिरिपाला डे सिल्भाले विज्ञप्ति जारी गर्दै अहिले विमानस्थल तथा उड्डयन सेवा श्रीलङ्कामा १ हजार १२० सुरक्षाकर्मी कार्यरत रहेको जानकारी दिएको समाचारमा उल्लेख छ ।
सरकारले सबै विमानस्थलको सुरक्षा व्यवस्था मजबुत बनाउन चाहेको पनि मन्त्रीको भनाइ छ ।