
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र टोटेनहमले रोमाञ्चक बराबरी खेलेका छन् । गएराति भएको खेलमा युनाइटेड र टोटेनहमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
युनाइटेडले घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलमा दुई पटक अग्रता लिए पनि टोटेनहमले बराबरी गोल फर्काउदै खेललाई बराबरीमा ल्याउन सफल भयो ।
युनाइटेडका रसमुस होइलन्ड र मार्कस रासफर्डले गोल गर्दा टोटेनहमका रिचार्लीसन र रोड्रिगो बेन्टानकरले बराबरी गोल फर्काए ।
बराबरीसँगै टोटेनहम २१ खेलबाट ४० अंक जोडेर पाँचौं स्थानमा यथावत छ । युनाइटेड समान २१ खेलबाटै ३२ अंक जोडेर सातौं स्थानमा छ ।