१० साउन २०८३, आइतबार

यसवर्षको 'गोविन्द वियोगी पत्रकारिता पुरस्कार' भण्डारीले पाउने

माघ १, २०८०
काठमाडौं
यसवर्षको 'गोविन्द वियोगी पत्रकारिता पुरस्कार' भण्डारीले पाउने

यस वर्षको 'गोविन्द वियोगी पत्रकारिता पुरस्कार' योहो टेलिभिजनका समाचार प्रमुख जीवराम भण्डारीले पाउने भएका छन् । सम्पादक समाज नेपालको केन्द्रीय समिति बैठकले यस वर्षको 'गोविन्द वियोगी पत्रकारिता पुरस्कार' भण्डारीलाई दिने निर्णय गरेको महासचिव श्यामकाजी डोटेलले जानकारी दिए ।

आगामी शनिवार नुवाकोटको सुर्यचौरमा एक कार्यक्रमगरी सम्मानित व्यक्तिहरूलाई पुरस्कार हस्तान्तरण तथा सम्मान गरिने डोटेलले बताए ।

उनका अनुसार 'गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार' शरण उत्सव सापकोटालाई दिने निर्णय भएको छ  । राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले र  एफएम रेडियोमार्फत् पत्रकारिता क्षेत्रमा योगदान पुर्याएकाले मण्टेश्वरी राजभण्डारीलाई समाजले सम्मान गर्न भएको हो ।

सम्पादक समाज नेपालको संस्थापक अध्यक्ष एवम वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा पुरस्कार स्थापना गरिएको हो । समाजले निर्माण गरेको नुवाकोटस्थित सुर्यचौरको  भवनमा सम्मान कार्यक्रम हुने छ ।

null

salt training

कमेन्ट गर्नुहोस्